नेपाली कांग्रेसमा बिकाउ व्यक्ति कै खोजी!

3.4K
shares

नारायण आचार्य


विश्वमा प्रतिपादन कुनै पनि सिद्धान्तकाे खण्डन गर्न नसकेको प्रामाणिक ग्रन्थ गीताको भगवान श्रीकृष्ण र अर्जुनबिच भएको संवादमा “आर्तो जिज्ञासु अर्थाथी ज्ञानी च भरतर्ष भ” अर्थात नैतिकवान ज्ञानी लगायत चार किसिमका मानिसहरु मध्ये सेवाभावको आवरणमा व्यक्तिगत आकांक्षा पूर्तिका निम्ति अर्थाथी बन्ने प्रवृतिकाे व्याख्या गरिएको छ । राजनीतिक क्षेत्रमा समेत गीताको उक्त महावाक्यले आज पनि उत्तिकै महत्व राखेको छ ।

दिक्षित इमान्दार योग्य दुई दुरदर्शी नेतृत्व पाएका देशले द्रुत गतिमा समृद्धिकाे शिखर आरोहण गर्न सकेका छन्, दुई त्यस्ता मुलुकमा सेवा भावले मनिस राजनीतिमा सहभागी हुन्छन् र केही समय सेवा गरे पश्चात दोस्रो वरियता क्रमका व्यक्तिलाई कार्यभार सुम्पन्छन् ।

तर संसारका कुनै पनि मुलुक जहाँका राजनीतिक नेता तथा कार्यकर्ता पेटको वरिपरि घुमेर जीवन गुजारी रहेका हुन्छन् । त्यस्तो मुलुकमा राजनीतिक सिद्धान्तकाे आवरणमा शक्ति र सत्ताको राजनीति चल्ने गर्छ । यस किसिमको राजनीति सेवा नभई आय आर्जन कै मुख्य साधन बनेको घाम जस्तै छर्लङ्ग छ ।

विचार र सिद्धान्तमा दृढ व्यक्ति निजी आकांक्षा पूर्तिका निम्ति सम्झौता गर्दैनन् । तर सत्ता र शक्तिका निम्ति कुद्ने राजनितिक आवरण भएका व्यक्ति सर्पले काँचुली फेरे झैँ क्षण क्षणमा परिवर्तन भएका छन् । यतीखेर नेपाल निर्वाचनको पूर्व सन्ध्यामा छ, गठवन्धनको नेतृत्व गरेको नेपाली कांग्रेस प्रति जनताहरु सन्तुष्ट भएको अवस्था छैन् ।

कांग्रेसमा अहिले पनि निजी आकांक्षा र पदको लागि क्षण क्षणमा सर्पले काँचुली फेरे झैँ लोभी पापीहरुको समुह सक्रिय रहेको अवस्था छ । भने अर्को तिर मापदण्ड विपरीत क्रसर उद्योग संचालन गर्ने पेटको वरिपरि घुम्ने अर्थात माथि चर्चा भएको गीताको प्रशंगमा अनैतिक विचौलिया अर्थाथीहरुको झुण्ड समुहले स्थानीय निकायमा विकाउ प्रवृत्तिका व्यक्तिलाई नै अवसर दिलाउन पार्टीमा लविङ गरेको अवस्था छ ।

यस्तो विषम परिस्थितिमा सत्यमेव जयतेलाई आधार स्तम्भ मानि जीवन भर समाजसेवा मै आवद्ध रहनु भएका देवचुलीका समाजसेवी भुवनेश्वर अधिकारी तथा शिक्षा नै विकासको पहिलो प्रवेश द्वार हो भनि शिक्षा क्षेत्रमा अहोरात्र खटिनु भएकी महिला मुक्ति आन्दोलनकी अभियन्ता श्रीमती निर्मला अधिकारी रेग्मी प्रतिको जनमतलाई कांग्रेसले कसरी मुल्यांकन गर्छ ? यती बेला कांग्रेसकै कार्यकर्ता मात्रै होइन् आम जनताले समेत एउटा पार्टी (नेकपा एमाले) विरुद्ध सत्तापक्षमा मोर्चाबन्दी गर्नु सत्तापक्षकै पहिलो नैतिक हार भएको प्रमाणित गर्ने जन आवाजलाई कांग्रेसले कसरी सम्बोधन गर्छ?

पुर्विय चिन्तक तथा राजनीतिक विश्लेषक नारायण आचार्य ‘सन्देश संग्रहको सन्देश’ नामक पुस्तकका लेखक हुनुहुन्छ ।

civil hospital
Hams Hospitals