नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलन गर्दै

2.4K
shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार स्थानीय निर्वाचनमा पार्टी तयारीलगायत विषयमा प्रचण्डले धारणा सार्वजनिक गर्ने पत्रकार सम्मेलन गर्न लागिएको हाे ।

पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुनेछ ।

उम्मेदवारी दर्ता गर्ने दिन ६ दिन छँदा प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका हुन् । गठबन्धन दलहरूको आजै महानगर र उपमहानगरमा तालमेल टुङ्गो लगाउने तयारी छ । त्यसका लागि बैठक केहीबेरमा बस्दै छ ।

civil hospital
Hams Hospitals