गठबन्धनभित्र सहमति नभए एक्लै भिड्न तयार छाैं : अध्यक्ष प्रचण्ड
वि.सं.२०७९ वैशाख ५ सोमवार
2.2K
shares
shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन नभएमा खण्डमा आफूहरु एक्लै जान तयार रहेको बताएका छन्।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै दलहरुको सहमति नभएमा आफूहरु एक्लै जान तयार रहेको बताएका हुन् ।
‘गठबन्धनभित्र सहमति भएन भने एक्लै भिड्ने तयारी हामीले तीन महिनादेखि नै गरेको हौँ । तर हामी गठबन्धन भित्रैबाट जान्छौँ ।’ उनले भने ।
त्यसैगरी आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनका विषयमा तल्ला कमिटीहरुबाट विरोधका आवाजहरु आए पनि त्यसले केही फरक पार्दैनन् ।’ प्रचण्डले भने ।




























