सिन्धुपाल्चोकमा एसईई परिक्षाकाे सम्पूर्ण तयारी पुरा

2.1K
shares

सिन्धुपाल्चोक। आउँदो शुक्रवारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सम्पूर्ण तयारी पुरा भएको छ । २० गतेसम्म चल्ने एसईई परिक्षामा यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा जिल्लामा २३ वटा परीक्षा केन्द्रमा एसईई सञ्चालन हुनेछ ।

परीक्षामा जिल्लाबाट ४ हजार ४ सय ८४ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख कृष्ण सुवेदिले जानकारी दिए । उनका अनुसार प्राविधिक धार तर्फ १ सय २९ जना तथा ग्रेडवृद्धिका लागि ८ जनाले परीक्षा दिदै छन् ।

प्रश्नपत्र, उत्तरपुस्तिका लगायत परीक्षा सामग्री २३ वटै परीक्षा केन्द्रमा पुगिसकेको जिल्ला परीक्षा समन्वय समिति सिन्धुपाल्चोकले जनाएको छ । सबै स्थानिय तहका शिक्षा तथा खेलकुद शाखालाइ परीक्षा अवधिभर नियमित अनुमगन निरीक्षणको लागि पत्राचार गरिएको छ ।

यसअघिका दुई शैक्षिक वर्षमा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको थियो ।

civil hospital
Hams Hospitals