आठ महिनामा पर्यटन क्षेत्रबाट १४ अर्ब ४९ करोड रुपैयाँ आर्जन

2.2K
shares

अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो आठ महिनामा पर्यटन क्षेत्रबाट १४ अर्ब ४९ करोड रुपैयाँ आर्जन गरेकाे बताएकाे छ । 

काेराेना महामारीको अवस्थामा सुधार आएसँगै नेपालमा भित्रिने पर्यटनकाे संख्यामा पनि सुधार आएको मन्त्रालयले जनाएको छ।

कोरोना महामारीको जोखिम कम भएसँगै बढेको पर्यटकको संख्याले पर्यटन क्षेत्रको आयपनि बढेकाे हाे ।

सन् २०२२ को मार्चसम्म नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भई ७८ हजार ७४७ पुगेको छ ।गत वर्षको सोही अवधिमा कोरोना महामारीका कारण उक्त संख्या ८५ प्रतिशतले कमी आई ३२ हजार ९९७ रहेको थियो ।

गत आर्थिक वर्षको पहिलो आठ महिनामा कोरोनाका कारण नेपाल आउने पर्यटकको संख्यामा कमी भएकोले पर्यटन क्षेत्रको आय ९१.६ प्रतिशतले कमी आई ७ अर्ब २६ करोड रुपैयाँमा सिमित भएको थियाे ।

#पर्यटन

civil hospital
Hams Hospitals