मेडिकल साइन्सको पढाई नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा शिक्षामन्त्रीले थाले छलफल 

2.1K
shares

वैशाख १३।

मेडिकल साइन्सको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा शिक्षामन्त्रालयले छलफल चलाएको छ। मंगलबार चिकित्सा शिक्षा, त्रिभुवन शिक्षण अस्पताल, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, संस्कृत विश्वविद्यालयलगायतका पदाधिकारीसँगको छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मेडिकल साइन्सको पढाई नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा छलफल गर्नुभएको हो ।

मेडिकल शिक्षा आर्जनका लागि वर्षेनी ९८ अर्ब रुपैयाँ रकम देश बाहिर गइरहेको बताउँदै नेपालमै व्यवस्थित र स्तरीय बनाउनुपर्नेमा मन्त्री पौडेलले जोड दिनुभयो ।

‘देशमा मेडिकल शिक्षा पढ्ने विद्यार्थीको आकर्षण बढ्ढो छ’, मन्त्री पौडेलले भन्नुभयो, ‘देश बाहिर पढ्न गएकाहरु नेपालमा आएर परीक्षा दिई डाक्टर बनिरहेका छन् । उनीहरुलाई नेपालमै पढ्ने र परीक्षा दिने व्यवस्था गरौं ।’

देशमा पढ्ने व्यवस्था मिलाएर शिक्षा प्राप्तिका लागि बाहिरिने रकम नेपालमै रहनेमा उहाँको जोड रहेको छ । मन्त्री पौडेलले कागजमा दक्षजनशक्ति प्रर्याप्त देखिएपनि फिल्डमा नभएको गुनासो गर्नुभयो ।

‘अवसरमा प्रतिस्पर्धा गर्ने दायर बढाइ क्वालिटीको शिक्षामा ध्यान दियौं भने मात्रै उत्पादित जनशक्ति बेरोजगार बस्नुपर्दैन’ मन्त्री पौडेलले भन्नुभयो । ‘शिक्षालाई नियमन गरौं भन्दा हामी खुम्चिएका छौ’,ं मन्त्री पौडेलले भन्नुभयो,‘ केही ऐन र कानुनको जटिलताले गर्दा सिमित बाहेकले देशमा पढ्न पाउने अवसर गुमाइरहेका छन् ।’

छलफलमा मेडिकल क्षेत्रमा बजेट कमहुँदा धेरै समस्या आएको बताउँदै बजेट बढाउन मन्त्रीलाई आग्रह गरेका थिए ।

civil hospital
Hams Hospitals