गभर्नर अधिकारीको निलम्बनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

2.5K
shares

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ जारी रहेकोले हेर्दाहेर्दैमा परेको हो ।

यसअघि सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेको निर्णयविरुद्ध सर्वोच्चले नै सरकारको उक्त निर्णय कार्यान्वयन नगर्नरनगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चको उक्त आदेशपछि गभर्नर अधिकारीले पदवहाल गरेका थिए ।

 

civil hospital
Hams Hospitals