भात खाने काँग्रेस र जनताको प्लेटफर्ममा चालिसे


नारायण आचार्य


उच्च नैतिकता मार्ग निर्देशन गर्ने गरुड पुराणको एक प्रशंगमा समाजका नागरिक माथि कुठाराघात गर्ने समाजले अपेक्षा गरेको मार्गलाई अवरुद्ध पार्ने तथा राजनीतिक आवरणमा निजि स्वार्थ नै परिपुर्ति गर्ने प्रवृत्ति विरुद्ध प्रतिकात्मक रूपमा व्याख्या गरिएको छ ।

सोही पुराणको चौथो अध्यायको एक प्रसंगमा ये सता द्वेष कारका अर्थात यस्ता प्रवृत्तिमा लाग्ने व्यक्तिहरु अन्तत : दुखदायी पतन हुने क्षणभंगुर अर्थात पानीका फोका सरह हुने दृष्टान्त दिइएको छ । आधुनिक नेपालको इतिहासमा पनि विभिन्न समयमा भएका स्थानीय निर्वाचनको माध्यमबाट नागरिकका समस्याहरुको पुर्ण रुपमा सम्बोधन हुने कुनैपनि नागरिक माथि कुठाराघात नहुने समाजले अपेक्षा गरेको मार्गको अवरुद्ध नहुने तथा राजनीतिक आवरणमा निजी स्वार्थको परिपुर्ति नहुने जस्ता नाराहरु नेपालका राजनीतिक पार्टीबाट बारम्बार सुनिदै आएको छ ।

नेपालमा धेरै चोटी राजनीतिक परिवर्तन गराउन सफल भएको नेपाली काँग्रेसले समेत यहिँ नारालाई अगाडि बढाउँदै जनताको जनमत लिएकै थियो । तर निर्वाचन पश्चात काँग्रेसले माथि उल्लेखित गरुड पुराणमा दृष्टान्त दिएको प्रवृत्ति नागरिक माथि कुठाराघात तथा राजनीतिक आवरणमा निजी स्वार्थको परिपुर्ति गरि आफ्नो सक्कली अनुहार छर्लङ्ग देखायो ।

त्यसैले त आज नेपाली जनताले काँग्रेससँग हिजो राजाले स्थापना गरेको भृकुटी कागज कारखाना खोइ ? जापानले दिएको साझा बस खोइ ? जनतालाई मल विउ सहज रूपमा उपलब्ध गराउँदै आएको कृषि सामाग्री संस्था खोइ ? भनी प्रश्न गरि रहेको अवस्था छ। यतिमात्र होईन काँग्रेस प्रतिवन्धित भएको अवस्थामा काँग्रेसको राजनीतिक एजेण्डालाई सफल बनाउन मेरो घरमा काँग्रेसका नेता तथा कार्यकर्ता लाई सेल्टर दिने भात खुवाउने तथा गारो साँगुरो परेका कार्यकर्तालाई गर्जो टार्न रकम सापटी दिने कामहरु पनि भए काँग्रेसलाई सहयोग गर्न निकै जोखिम हुन्थ्यो ।

तत्कालीन सत्ताले काँग्रेसलाई फौजदारी प्रकृतिको संज्ञा दिन्थ्यो । २०४६ को जन आन्दोलनमा काँग्रेसलाई सेल्टर दिए वापत प्रतिकार समितिमा बसेका नाइकेको निर्देशनमा कहिले कावासोती थाना त कहिले गैडाकोट थानाका प्रहरीबाट पटक पटक मेरो घर घेरा हालिएको थियो । तर काँग्रेस सत्तारोहण पश्चात नागरिकलाई कुठाराघाट गरेकाले आम जनताले काँग्रेसलाई विश्वास गरिरहेका छैनन् ।

यस्तो विषम परिस्थीतिमा हुन गइरहेको स्थानीय निर्वाचनमा नेकपा एमालेले भने दलगत स्वार्थ भन्दा माथि उठेका निर्दलीय चरित्रका सबै नागरिकलाई समान भावले हेर्ने महाभारतको शान्तिपर्वको मर्म ‘लोभात क्रोध प्रभवित’ अर्थात लोभ र क्रोधलाई समेत दमन गरेका देवचुलीका दिपक चालिसेलाई जनताको प्लेटफर्म बनाएर स्थानीय निर्वाचनमा जनताकै सेवा गर्न पठाएकोमा जनताले अर्थपुर्ण रुपमा हेरेका छन् ।

थोरै बोल्ने काम धेरै गर्ने र बोलीमा लालित्य पन नदेखाउने चालिसेको व्यैत्तिक विशेषता हो । उनको अर्को विशेषता भनेको अनाधिकृत रूपमा लफङ्गो पाराले नमस्ते गर्दै नहिड्ने तर जनताको मर्म बुझ्ने नै हो । उनको यिनै विशेषताहरुको कारण समाज ध्रुवीकरण नहुने राष्ट्रिय एकता पनि कायम हुने दलगत झुण्ड समुहको प्रतिनीधि सट्टा सिंगो समाजको प्रतिनिधित्व हुने २ अनैतिक क्रियाकलाप विरुद्ध शुन्य सहनशीलता कायम हुने जनताले अपेक्षा गरेका छन् ।

पूर्विय चिन्तक तथा राजनीतीक विश्लेषक नारायण आचार्य बहुचर्चित उपन्यास ‘अबको गन्तव्य’ का लेखक हुनुहुन्छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro