धादिङ्गमा टिकट वितरणमा अन्याय गरेकाे भन्दै एमालेका पन्त र रुपाखेतीले दिए राजीनामा

2.9K
shares

धादिङ्ग। थाक्रे गाउँपालिकामा टिकट वितरणको अन्याय गरेकाे भन्दै नेकपा एमालेको गाउँ कमिटी अध्यक्ष कृष्ण प्रसाद पन्त र नेकपा एमालेका नेता तथा सामाजिक अभियान्ता गोकर्ण रुपाखेतीले पार्टिको सम्पुर्ण जिम्मेवारीबाट राजिनामा गरेका छन्।

आज साँझ एक कार्यक्रमकाबिच नेकपा एमालेको सम्पुर्ण जिम्मेवारीबाट राजिनामा दिएको घोषणा रुपाखेती र पन्तले जानकारी दिएका हुन् । 

राजिनामा पछि रुपाखेतीले थाक्रेको विकास र समृद्धीको लागि स्वतन्त्र उम्मेद्वारी दिने समेत घोषणा गरेका छन् ।

उम्मेद्वारी मनोनयनमा कृष्ण पन्तले प्रक्रियागत रुपमा उम्मेद्वारी दिएपनि केन्द्रको ठाडो निर्देशनमा निर्वातमान अध्यक्ष रामकुमार आर्चायलाई नै आधिकारीक उम्मेदवार भएको जनाएसँगै कृष्ण पन्त र गोकर्ण रुपाखेतीले एमाले पार्टिबाट राजिनामा दिएका हुन् ।

त्यस्तै, निर्वतमान अध्यक्ष रामकुमार आर्चाय र उपाध्यक्ष अम्बिका रुपाखेतीको घमण्ड र मनाेमानिका कारण आफुहरुले यस्तो कदम चाल्नु परेकाे बताए ।

संयुक्त विज्ञप्ति


 

civil hospital
Hams Hospitals