भरतपुरमा बागी उम्मेदवारी फिर्ता गराउने प्रयास असफल, अडानमै पाैडेल

30.5K
shares
Nabil bank

काठमाडौँ। भरतपुर महानगरमा उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललेको बागी उम्मेदवारी फिर्ता नहुने भएको छ।

माओवादीलाई मेयर दिन नहुने भन्दै कांग्रेस नेता एवं पूर्वसांसद पौडेलले उम्मेदवारी दिएका थिए।

पौडेलको उम्मेदवारी फिर्ता गराउन कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका दूत बनेर गृहमन्त्री बालकृष्ण खाण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ भरतपुर पुगेका थिए।

बिहीबार गृहमन्त्री खाणले पौडेलको घरमै गएर उनलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । पौडेलले उक्त आग्रह अस्वीकार गरेका थिए ।

पौडेललाई कांग्रेस नेता रामचन्द्र पौडेल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि फोन गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । त्यसैगरी काँग्रेस सभापति शेरबहादुर देउवाले समेत उम्मेदवारी फिर्ता लिन आग्रह गरेपनि आफू धेरै अगाडि बढि सकेकाले उम्मेदवारी फिर्ता नहुने बताएका हुन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x