बागी उम्मेदवारी फिर्ता नलिए सम्बन्धित दलले कारबाही गर्ने गठबन्धनको निर्णय

Ghorahi cement

काठमाडौं। सत्ता गठबन्धनले आफ्ना साझा उम्मेदवारविरुद्ध परेका बागी र स्वतन्त्र उम्मेदवारी तत्काल फिर्ता लिन निर्देशन दिने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सबै महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदमा परेका बागी उम्मेदवारी तत्काल फिर्ता लिन निर्देशन दिइने निर्णय गरेकाे हाे ।

त्यस्तै, केन्द्रबाट भएको सहमति विपरीत बागी उम्मेदवारी फिर्ता तत्काल फिर्ता नलिए सम्बन्धित दलले कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यसैगरी, पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय समेत बैठकले गरेको छ।


Shangri-la Development Bank Ltd.
Nepali patro