भरतपुरका बागी उम्मेदवार जगन्नाथ पौडेलले पाए भुइँकटहर चुनाव चिन्ह

2.6K
shares

काठमाडौँ। चितवनको भरतपुर नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले चुनाव चिन्ह भुइँकटहर पाएका छन् ।

भरतपुरमा माओवादी र काँग्रेसको साझा उम्मेदवार रेणु दाहाललाई उम्मेदवार बनाए पनि काँग्रेसमा विद्रोह गरेर पौडेलले स्वतन्त्र रुपमा नगर प्रमुखमा उम्मेदवारी दिएका थिए ।

शनिवार आयोगले उनलाई स्वतन्त्र उम्मेदवारको हैसियतमा भूइँकटहर चुनाव चिन्ह दिएको हो ।

civil hospital
Hams Hospitals