एमालेले गर्याे लुम्बिनी प्रदेश कमिटीका ६ सदस्यलाई पार्टीबाट निष्काशन

बुटवल । एमालेले लुम्बिनी प्रदेश कमिटीका ६ जना सदस्यलाई निष्काशन गरेको छ ।

आगामी स्थानीय तहको निर्वाचनका क्रममा केहीले स्वतन्त्र उम्मेदवारी दिएको र केही पार्टी निर्णयविरुद्ध लागेको भन्दै सो पार्टीले प्रदेश कमिटीका ६ जनालाई कारबाही गरेको हो ।

कपिलवस्तुका कुमार मधु बेलबासे, पाल्पाका रामबहादुर रावल र दिनेश रावल, प्यूठानका टिकाबहादुर गुरुङ, रुपन्देहीका सञ्जय गुप्ता र बाबुलाल यादव निष्काशन गरेकाे हाे ।

एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेलले सोमबार विज्ञप्ति जारी गरी ६ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको बताएका हुन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro