Banner ad for NADA AUTO SHOW -2026

खुट्टामा पैसा राखेर ढोगेको तस्वीरको वास्तविकता!

5.6K
shares

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नं १० का वडा अध्यक्षका अमृत खनालले मतदाताको पाउमा हजारका नोट राख्दै ढोगेर भोट मागिरहेको तस्बिर सामाजिक सञ्जालमा अहिले निकै चर्चा भइरहेको छ ।

खनाल नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार रहेकाे तथा चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानका क्रममा प्रत्येक घरमा गएर पाउमा पैसा चढाउँदै उनले भोट मागिरहेको समाचार सञ्चार माध्यममा आइ रहेका छन् ।

संचार माध्यमहरुमा समाचार आएपछि वडा अध्यक्षका खनालले आफुले मतदाताको पाउमा हजार नोट राखेर ढोग गर्दै भोट नमागेको स्पस्टिकरण दिएका छन्। उनले  आफ्नी फुपुलाई ढोगेर दक्षिणा दिएको तथा त्यसको गलत प्रचार गरिएको समेत बताएका हुन् ।

civil hospital
Hams Hospitals