अष्ट्रेलिया जाने नेपाली चेलीको नाममा शरीर बिक्रीको विज्ञापन

उच्च अध्ययनको निम्ति अष्ट्रेलिया पुगेका नेपाली युवती देह व्यापारमा लागेको खबर केही वर्षअघि बाहिर आएको थियो । तर अहिले त्यहाँको विभिन्न शहरका ब्रोथेल तथा कल गर्लहरूको विज्ञापन गरिने वेबसाइटमा नेपाली छात्राहरूको फोटोसहित विज्ञापन हुन थालेपछि अभिभावकमा चिन्ता छाएको छ ।

ऋणधन गरेर गएका कतिपय विद्यार्थीले यसबीच आत्महत्या गरेका छन् भने थुप्रैले सोचेको काम गर्न खर्च अभाव र अनेक तनाव झेल्नुपर्दां उक्त पेशा अपनाएको अनुमान गरिएको छ । कतिपय विदेशको मोहमा नक्कली बिहेको कागज बनाएर गएका छन् त कोहीलेचाहिँ नसोचेको समयसम्म काममा घोटिनुपर्ने भएपछि सजिलो माध्यम अपनाएको पनि बताइन्छ ।

सन् २००८ मै तत्कालीन राजदूत योगेन्द्र ढकालले यसबारे नेपाल सरकारलाई औपचारिक जानकारी गराएका थिए । तर त्यतिबेला लुकिछिपी उक्त पेशामा लागेको अवस्थामा परिवर्तन भएर पछिल्लो डेढ दशकमा नेपाली युवतीहरू कल गर्लको रूपमा सिड्नी, मेलबर्न र पर्थमा छ्याप्छ्याप्ती भेटिन थालेका हुन् ।

त्यतिबेला विश्वभर छाएको चरम आर्थिक मन्दीका कारण नसोचेको दरमा आम्दानी घटेपछि नेपलीलगायत अन्य देशका विद्यार्थीहरू शरीर बेच्ने कार्यमा संलग्न भएको विश्लेषण गरिएको थियो । ऊबेला अष्ट्रेलियामा १७ हजार नेपाली विद्यार्थी हुँदा अहिले यो संख्या बढेर ५० हजार नाघेको छ ।

केही समयदेखि सेक्स वेबसाइटमा नेपाली युवतीको विज्ञापन नै गर्न थालिएको छ । त्यस्ता वेबसाइटका विद्युतीय विज्ञापनमा नेपाली युवती, उनको रूप, फिगर र प्राप्त हुने उपयुक्त समयको डिटेलसमेत राखिएको पाइन्छ । नाइट लाइफमा रमाउने र क्यासिनोको लतमा फसेका युवतीहरू पछि यौन व्यवसायमा सजिलैसँग लागेको समेत पाइन्छ ।

स्थानीय लोकान्टो डट कम डट एयुमा नेपाली युवतीको फोटो राखेर भनिएको छ,‘सिड्नीमा २५ वर्षकी नेपाली युवती छिन् । इच्छुक पुरुषले दिइएको ह्वाट्सएप नम्बरमा सम्पर्क गर्नुहोला । तर नगदमा मात्र कारोबार हुनेछ । २४ घण्टा उपलब्ध हुने ती युवतीको निम्ति आधा घण्टाको लागि डेढ सय अष्ट्रेलियन डलर लाग्नेछ । एक घण्टाको लागि दुई सय ५० र दुई घण्टाको लागि चार सय डलर । राति साढे १० बजेपछि बुकिङ रद्द हुने छैन ।’

त्यसैगरी युवतीलाई आफूले चाहेको स्थानमा लैजान चाहेमा घण्टाको तीन सय ५० डलर लाग्ने उल्लेख छ । त्यस्तो अवस्थामा पहिले आधा रकम डिपोजिट गर्नुपर्ने र स्थानको दूरीअनुसार शुल्क घटबढ हुने जानकारी दिइएको छ । त्यस्तो अवस्थामा घण्टाको चार सय ८० डलरसम्म लाग्न सक्ने विज्ञापनमा भनिएको छ ।

त्यस्तै खालका युवतीको विज्ञापन गर्ने फरएभर १९ डट कम डट एयुमा पनि २२ वर्षकी नेपाली युवती उपलब्ध रहेको फोटोसहित विवरण प्रकाशित छ । डी कप आकारको स्तन भएकी युवतीको उचाई १ सय ५९ सेन्टिमिटर रहेको उल्लेख छ । युवतीको सेवा नजिकबाट लिन चाहनेलाई विज्ञापनमा भनिएको छ, ‘भर्खरकी र फूर्तिली भएकीले थोरै समय बिताउँदा उनको सेवाबाट मोहित होइन्छ ।’ जनआस्था

Shangri-la Development Bank Ltd.
Nepali patro