त्रिविद्धारा भर्खरै नतिजा प्रकाशित, यसरी हेर्नुहोस्

Ghorahi cement

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा २०७८ साल बैशाख महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातक तह चार वर्षे बी.बी.एस. दोस्रो वर्ष २०७७ सालको परीक्षामा परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।

त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ६६ को २६०, २६८ र २७० अनुसार परीक्षाको मर्यादा विपरित कार्य गर्ने परीक्षा क्रमाङ्कहरु ७०२८०००३७, ७०३५४००१३ र ७०५१६०००३ का परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरिएको छ ।

परीक्षाफल वेभसाइट www.tuexam.edu.np मा हेर्न सकिनेछ । म्यासेजमार्फत 4BBS space Symbol Number टाइप गरी ३३६२४ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिनेछ ।

Shangri-la Development Bank Ltd.
Nepali patro