पीएसजीको जितमा मेस्सीको दुई गोल

काठमाडौं । स्टार खेलाडी लियोनेल मेस्सीको दुई गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान अन्तर्गत शनिबार राति भएको खेलमा मोन्टपेलिएरलाई ४–० अन्तरले पराजित गरेको छ ।

घरेलु टोली मोन्टपेलिएरविरुद्ध मेस्सीले दुई गोल गर्दा केलियम एम्बाप्पे र एन्जल डि मारियाले एक–एक गोल गरे । मेस्सीको दुबै गोलमा एम्बाप्पेले अन्तिम बल उपलब्ध गराएका थिए ।

यसअघि नै फ्रेन्च लिगको उपाधी जितेको पीएसजीको ३७ खेलबाट ८३ अंक छ । दोस्रो स्थानको मोनाको १५ अंकले पछि पर्दा पराजित मोन्टपेलिएर ४३ अंक जोडेर १३औं स्थानमा छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro