तपाइको आजको भाग्य र राशिफल कस्तो छ!

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ। अवसरका लागि केही त्याग गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समस्या दर्साउँदा सहयोग गर्नेहरू भने भेटिनेछन्। तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ।

 

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तले पनि उत्साह जगाउनेछन्। आँटेको काम तत्काल बन्ने समय छ।

 

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरूसँग प्रतिस्पर्धा गर्नुपरे पनि कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर पनि अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ।

 

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।

 

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

हडबड गर्नाले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ। तापनि समस्या दर्साएर सहयोगी फेला पार्न सकिनेछ। दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो काममा जग बसाउने मौका छ। तर महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला।

 

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। व्याहारिक समस्याले याेजना रोकिन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। बलजफ्ती गर्ने बानीले आफैंलाई समस्या निम्त्याउन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। लगनशीलताले मात्र लक्ष्यमा पुर्याउनेछ।

Shangri-la Development Bank Ltd.
Nepali patro