सलमानका दुवै भाईको डिभोर्स भएपछि भारतमा नयाँ ट्रोल सुरु…

Ghorahi cement

काठमाडौं। सलमान खान बलिउडका सुपरस्टार हुन्।

५६ वर्षका सलमानले अहिलेसम्म विवाह गरेका छैनन् त्यसकारण पत्रकारहरु उनलाई सँधै विवाह कहिले गर्ने भनेर सोधिरहन्छन्।

उनका दुई भाई छन् अर्बाज खान र सोहिल खान जो विवाहित हुन् र उनीहरुका सन्तान पनि ठूला भइसके।

सायद उनीहरुले पनि दाईको विहे कहिले हुन्छ भनेर प्रश्न सोध्नु स्वभाविक नै हो।

तर यतिबेला सोहिल र अर्बाजको सम्बन्ध विच्छेद भइसकेको अवस्था छ। अर्बाज र मलाईका अरोडाबीच १९ वर्षे विवाह बन्धन सन् २०१७ मा टुंगिएको थियो भने सोहिल र सीमा सचदेव खानको सम्बन्धविच्छेद हालसालै भएको छ।

जे होस् सलमानमा दुवै भाई यतिबेला पुनः सिंगल भइसकेको अवस्था छ। यस्तोमा भारतका इन्टरनेट प्रयोगकर्ताले सलमानको परिवारलाई लिएर ट्रोल बनाउन थालेका छन्।

एक ट्रोलमा सलमानको नजरबाट सोहिल र अर्बाजलाई व्यंग्य गर्दै भनिएको छ,‘यि दुवैले मलाई तपाइँ किन विवाह गर्नुहुन्न भनेर सोध्थे।’

Nepali patro