अमेरिकामा खुट्टा गुमाएका नेपालका थापालाई ११ करोड डलर क्षतिपूर्ति

Ghorahi cement

काठमाडौं। अमेरिकामा अस्पतालको लापरवाहीले खुट्टा गुमाएका नेपालका अनुज थापालाई ११ करोड डलर क्षतिपूर्ति दिन त्यहाँको अदालतले अस्पताललाई आदेश दिएको छ।

अमेरिकामा पाँच वर्षअघि १९ वर्षीय विद्यार्थी थापाको उपचारमा भएको गम्भीर लापरबाहीका कारण उनको एउटा खुट्टा गुम्न पुगेको थियो।

अमेरिकी संचार माध्यमकाअनुसार मिनेसोटास्थित अदालतले थापाको उपचामा सेन्ट क्लाउड अस्पतालले लापरबाही गरेको भन्दै उक्त क्षतिपूर्तिको आदेश दिएको हो।

सन् २०१७ को जनवरीमा फुटसल खेल्ने क्रममा थापाको खुटा मर्किएको थियो। त्यसपछि अस्पताल गएका थापालाई डाक्टरले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए। खुट्टाको शल्यक्रियापछि थापाले थप धेरै दुखाइ महसुस भएको बताएका थिए।

तर, अस्पतालले सोही रात उनलाई अस्पतालबाट डिस्चार्ज गरेको थियो।

त्यसपछि ६ दिनपछि पनि सञ्चो नभएर अस्पताल पुगेका उनलाई अर्कै डाक्टरले खुट्टाको मांशपेशी छुट्टिएको र अब त्यो जोड्न नसकिने अवस्थामा पुगेको बताएका थिए।

त्यसयता थापाले २० पटक खुट्टाको शल्यक्रिया गराइसकेका छन्।

Nepali patro