पश्चीमा मोडलको गठवन्धन राजसंस्थाको भुमीका र ओलीको रूपान्तरण

नारायण आचार्य

स्वतन्त्र नागरीकहरुले मात्र होइन काग्रेसकै आम नेता तथा कार्यकर्ताहरुको व्यापक विरोधको वावजुद पनी अन्ततः हालै सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेस र माओवादी वीच गठवन्धन भएरै छाडयो ।

यो गठवन्धन उनीहरुको राजनीतिक डि एन ए मिलेर भएको भने पक्कै होइन प्रधानमन्त्री चयनमा विश्वव्यापी मान्यता संसदीय प्लेटफर्मको विरुद्ध परमादेश मार्फत भएकाले नै नेका सभापती शेर वहादुर देउवा आफ्नो पार्टी लाई घाटा हुने गरी गठवन्धनमा सहमती हुन पुगे । नेपालको राजनीतीक परीवर्तन २०६३ पछी नेपालका छीमेकी राष्ट्र चीन र भारतलाई पछी पार्दै पश्चीमा शक्तीले नेपालमा प्रभाव पारेको देखिन्छ लिच्छवी काल सम्म नेपालको आन्तरीक मामलामा कुनै पनी विदेशी शक्ती ले आफ्नो भुमीका निर्वाहा गर्न सकेका थिएनन । तत्कालीन समयमा भारतीय विशेष दुतको स्टेटमेन्ट लाई समेत अस्वीकार गरी वि.स. २०७२ सालमा सविधान . जारी गर्नुमा पश्चीमा शक्तीहरु सफल भएकै हुन । खम्पा विद्रोह लाई दमन गरे पश्चात नै पश्चीमा शक्तीहरुले नेपालमा राजसंस्था रहेसम्म आफ्नो योजनाहरु सफल नहुने ठहर गर्दै नेपालमा राज्य कमजोर वनाउन राजसंस्थाको भुमीका निमिट्यान्न पार्ने जातीय विभाजन ल्याई समाज लाई ध्रुवीकरण बनाउने राष्ट्रिय भावना तथा नैतीक शिक्षाले ओतप्रोत भएको हिन्दु धर्मलाई राज्य स्तरवाट कमजोर बनाउने नेपालको आन्तरीक स्रोतले व्ययभार नधान्ने प्रदेश सरकार जस्तो अव्यवहारिक सरचना लाई स्थापीत गराउनु विगतमा सर्त सहीतको अमेरीकी वैदेसिक सहयोग (एमसीसी) पास गराउन भएको व्यापक विरोधको आवाज लाई कुल्चदै काग्रेस माओवादी मन्त्रणा नै गत स्थानीय निर्वाचनमा गठवन्धनको मोडेल थियो ।

नेपालको राजनेता हरुमा कतीपय कालखण्डमा कमी कमजोरी भएकै हो । राष्ट्रियताको सवालमा नेपाल लाई हानी पुग्ने गरी असन्तुलित सन्धी सम्झौता नगरेको राजसस्या लाई भुमीका नदीनु विश्वकै नमुनाको रुपमा रहेको हिन्दु दर्शनलाई महत्व नदिएर नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न नसक्नु लाई भावी पुस्ताले नेपालको राजनेताको ऐतीहासीक भुल मान्नेछन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पनी अनेक कमी कमजोरी होलान तर धर्म सस्कृती तथा राष्ट्रियताको सवालमा उनी अलीकती भएपनी अग्रगामी नै देखीन्छन तत्कालीन प्रधानमन्त्रो को हैसियतमा व्रम्हाण्डकै महानायक श्री पशुपती नाथको दर्सन तथा एक भारतीय संचार माध्यममा उनले दिएको धर्म सस्कृती सम्बन्धी अभिव्यक्तिका कारण उनलाई परमादेशले ढाडमा टेकेर टाउकोमा हानेकै हो धर्म सस्कृती तथा राष्ट्रियताको सवालको कारण गत स्थानीय निर्वाचनमा पाच दलीय गठवन्धनको भन्दा अनुपातीक रूपमा नेकपा एमाले लाई जनताको मत भार बढी नै देखीन्छ यतीमात्र होइन राजनीतिक कोर्ष करेक्शन को अपेक्षा राखी स्वफुर्त रुपमा राप्रपा लाई प्राप्त सम्मान जनक मतको आधारमा आगामी दिनमा राजसंस्था सहीत सवै पक्षलाई समेटने सर्वपक्षीय गोलमेच सम्मेलनको नेत्रृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै लीई आफुलाई सर्वमान्य राजनेताको रूपमा रूपान्तरण गर्नु हुनेछ भन्ने जनताले अपेक्षा गरेका छन ।

पुर्वीय चिन्तक तथा राजनीतीक विश्लेषक नारायण आचार्य सन्देश संग्रहको सन्देश ” नामक पुस्तकका लेखक हुनुहुन्छ