माओवादीको लफडाले एकीकृत समाजवादीलाई चिट्ठा

3.2K
shares

कमल भट्टराई

जिल्ला समन्वय समिति (जिसस) ताप्लेजुङको प्रमुखको उम्मेदवारीलाई लिएर नेकपा माओवादी केन्द्रमा चर्को विवाद उत्पन्न भएको छ । प्रदेश समितिको निर्णयविपरित जिल्लाका केही नेताले अर्कै व्यक्तिलाई उम्मेदवार बनाएपछि रडाको मच्चिएको हो।

 

जेठ २५ गते बसेको माओवादी प्रदेश कार्यालय बैठकले जिसस प्रमुखमा मिङमा डण्डु शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । अध्यक्ष हर्कबहादुर नेम्वाङ र सचिव गणेश उप्रेतीले जिल्ला कमिटीको सिफारिसका आधारमा शेर्पालाई टिकट दिएको जानकारी गराउँदै कार्यान्वयनका लागि परिपत्र गरेका थिए ।

तर, त्यसअघि नै अर्को पक्षले गङ्गा शंखरलाई सुटुक्क उम्मेदवार बनाएपछि माओवादी केन्द्रको आन्तरिक विवाद छरपष्ट भएको हो । जिल्ला पार्टीलाई समेत जानकारी नदिई प्रदेश कमिटी सचिवालय सदस्यसमेत रहेका मौवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश बेनामले आफू प्रस्तावक बसेर शंखरलाई उम्मेदवार बनाएपछि शेर्पाले उम्मेदवारी दर्ता गर्न पाएनन् । माओवादी केन्द्र ताप्लेजुङ्गले कार्यपालिका गठन प्रयोजनका लागि लगेको टिकट दुरुपयोग गरेर पार्टी निर्णयविपरित उम्मेदवारी दर्ता गरेकाले शंखर पार्टीको आधिकारिक उम्मेदवार नभएको प्रष्ट पारेको छ ।

 

 

civil hospital
Hams Hospitals