पर्यटनमन्त्री आलेद्वारा नेपाल एयरलाइन्सका अध्यक्षलाई अश्लील गाली

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका छन्।

अपशब्द प्रयोग गर्दै मन्त्री आलेले अध्यक्ष अधिकारीलाई दुर्व्यवहार गरेका सुनिने अडियो एक सञ्चारमाध्यमले सार्वजनिक गरेसँगै उनको आलोचना भएको छ । यसअघि पनि उनले एकजना युवकलाई टेलिफोनबाट अपशब्द प्रयोगरेको अडियो सार्वजनिक भए पछि विवादमा तानिएका थिए ।

मन्त्री आले माधवकुमार नेपाल नेतृत्वको नेकपा एसबाट शेरबहादुर देउवा मन्त्रीमण्डलमा प्रतिनिधित्व गर्दै आएका छन । सो अडियो सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा उनको राजिनामा माग गर्न थालिएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro