असार ४ गते शनिबारको राशिफल : यी राशिहरूकाे चम्किनेछ भाग्य, हेर्नुहोस्

Ghorahi cement

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

नयाँ काममा जग बसाउने समय छ। कामकाे सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। मिहिनेतगर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। व्यापारतर्फ थोरै लगानीबाट पनि मनग्य नाफा उठाउन सकिनेछ।

 

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आस मारेकाे काम समेत सम्पादन हुनेछ। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ। दिगाे काममा जग बसाउने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। दाम, इनाम र प्रतिष्ठा हातपार्न सफल भइनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ।

 

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

अस्वस्थताले काममा बाधा पुग्न सक्छ। साथ दिनेहरू नहुँदा आफैं काममा जुट्नुपर्ला। बाध्यात्मक परिस्थितिले अप्ठ्यारो पार्न सक्छ। सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ। गोपनीयता बाहिरिनाले व्यावहारिक समस्या पर्न सक्छ। काममा संघर्ष गर्नुपरे पनि जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।

 

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आँटले काम लिन नसक्दा केही पछि परिनेछ। व्यर्थ विवादले शुभचिन्तकहरू टाढिन सक्छन्। आफ्नै व्यवहारप्रति पछुताे लाग्न सक्छ। समय लागे पनि प्रयत्न गर्दा विगतका कमजाेरी सच्याउन सकिनेछ। खर्च लागे पनि रमाइला ठाउँकाे भ्रमण गर्ने साइत जुर्न सक्छ। परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। सावधानीले फाइदा उठाउन सकिनेछ।

 

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ। पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ।

 

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। विज्ञको मार्गदर्शन पाइनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ।

Nepali patro