‘पार्टीले छापामार शैली अपनायो, २ दिनभित्र राजिनामा दिन्छु’: मन्त्री आले

काठमाडौँ । पार्टीले छापामार शैलीमा मन्त्रीबाट फिर्ता बोलाएकोप्रति आपत्ति जनाउँदै पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले २ दिनभित्र पदबाट राजीनामा दिने बताएका छन् । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराएका हुन् ।

आलेले पार्टीको पछिल्लो निर्णय छापामार शैलीमा आएको भन्दै यसले आफूहरूको आत्मसम्मानमा चोट पुगेको बताए । उनले भने, ‘पछिल्लो समयमा फिर्ता गर्न छापामार शैलीमा निर्णय भयो । यसले हाम्रो आत्मसम्मानमा चोट लगाउने काम भएको छ । पार्टीले गरेको निर्णयलाई मान्दै ४८ घण्टाभित्र राजीनामा दिन्छु ।’

उनले पार्टीले ६ महिनाका लागि हामीलाई सरकारमा पठाएकोमा थप २ महिनामा पनि काम गर्ने अवसर दिएकोमा धन्यबाद पनि दिएका छन् । एकीकृत समाजवादीले यसअघि नै चार मन्त्रीलाई फिर्ता गर्ने र अन्यलाई पठाउने सिफारिस गरे पनि निर्णय कार्यान्वयन हुन सकेको छैन । ४ मन्त्रीसहित १० सांसदहरुले असन्तुष्टि जनाउँदै शुक्रबार नै संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro