मन्त्री झाँक्रीले सरकार छाड्दै, पत्रकार सम्मेलनको आयोजना

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आइतबार सरकार छाड्ने भएकी छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी उक्त पत्रकार सम्मेलनमार्फत मन्त्री झाँक्रीले मन्त्रालय छाडेको जानकारी गराउने बताइएको छ ।

आज नै कर्मचारीसँग विदाइ कार्यक्रम राखिएको छ । नेकपा एकीकृत समाजवादीले २२ जेठमा मन्त्री फिर्ता बोलाएर नयाँ नेताहरुलाई सरकारमा पठाउने निर्णय गरेको थियो । तर मन्त्रीहरुले बजेटमाथि संसदमा उठेका प्रश्नको जवाफ दिएर सरकार छाड्ने बताएका थिए ।

समाजवादीबाट मन्त्री भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले यसअघि नै अध्यक्ष माधव नेपाललाई राजीनामा पत्र बुझाइसकेका छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro