असार १४ गते मंगलबारको राशिफल : यी राशिहरूकाे चम्किनेछ भाग्य, हेर्नुहोस्

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा आघात पुग्न सक्छ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला। वादविवादले अवसर गुम्नेछ, काममा पनि केही उल्झन आउन सक्छ। उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सोखले खर्च बढाउनेछ। आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्। बेसुरमा वचन दिने बानीले पनि समस्या निम्त्याउन सक्छ।

 

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले थप कामतर्फ हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ।

 

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुने समय छ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि दौडधुप गर्नुपर्ला। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला।

 

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ। चल–अचल धनको उपयोगबाट मनग्गे लाभ हुनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।

 

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ र आँटेको काममा उत्साहित भइनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।

 

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

स्वास्थ्य कमजोर रहनाले काममा बाधा पर्नेछ। मिहिनेत अनुसारको उपलब्धि तत्काल प्राप्त नहुन सक्छ। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। बाध्यात्मक परिस्थितिले काममा अलमल्याउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा भने उपलब्धि प्राप्त हुनेछ।

Shangri-la Development Bank Ltd.
Nepali patro