असार २० गते सोमबारको राशिफल : यी राशिहरूकाे चम्किनेछ भाग्य, हेर्नुहोस्

7.9K
shares

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

समयले साथ दिनेछ भने प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट लाभ हुनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्। दिगो कामकाे योजना बन्न सक्छ।

 

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। आवेशको व्यवहार र सानो असमझदारीले आफन्त टाढिन सक्छन्। अनावश्यक साइनो गाँस्नेहरूसँग जोगिएर काममा जुट्नुपर्ने समय छ। छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ।

 

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्।

 

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति तथा लेखनकलामा निखारता आउनेछ। ज्ञान र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। दिन लाभदायक रहनेछ। आम्दानी बढाउने काम प्रारम्भ हुनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

 

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।

 

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुने समय छ। पछिका लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।

 

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

दैनिक आवश्यकता पूरा हुनेछन् र मिहिनेतको फल प्राप्त हुनेछ। समय लागे पनि मिहिनेतले काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम पनि बन्नेछ।

civil hospital
Hams Hospitals