क्रुर घटनाः कंगोमा एक महिलामाथि बारम्बार बलात्कार, मान्छेकै मासु जबर्जस्ती खान दिइयो

Ghorahi cement

काठमाडौं। अफ्रिकी राष्ट्र कंगोमा एक ज्यादै क्रुर घटनाको विवरण सार्वजनिक भएको छ।

रोयटर्सका अनुसार एक महिलालाई सो देशका उग्रवादी समूहले दुईपटकसम्म अपहरण गरी उनलाई बारम्बार बलात्कार गरे।

त्यतिमात्र नभएर ती महिलालाई मान्छेकै मासु पकाउन लगाइएको र त्यो जबर्जस्ती खान लगाइएको थियो। मान्छेकै मासु अन्य अपहरणमा परेका मानिसहरुलाई पनि खुवाइएको समाचारमा जनाइएको छ।

 

महिला अधिकार समूह फेमेली सोलिडारिटी फर इन्टिग्रेटेड पिस एन्ड डेभलोपमेन्ट एसओएफईपीएडीका अध्यक्ष जुलियन लुसेंगले यो घटनाको विवरण सार्वजनिक गरेपछि यो खबर विश्वभर फैलिएको हो।

 

गत मे महिनाको अन्तिममा सरकारी सेना र विद्रोही उग्रवादी पक्षबीच भिषण लडाई भएको थियो। सो क्रममा ती पीडित महिलाको परिवारको एक सदस्य अपहरणमा परेका थिए।

 

ती महिला भने उग्रवादीले मागेको पैसा दिएर आफ्नो मान्छे छुटाउन उनीहरुको क्षेत्रमा पुगेकी थिइन्। सो क्रममा उनलाई पनि बन्दी बनाइएको थियो। त्यसपछि यो अमानवीय कार्य उनीमाथि भएको थियो। त्यहाँ बन्दी भएका मानिसहरुमा पनि यस्तै क्रुरता हुने गरेको बताइएको छ।

 

रोयटर्सका अनुसार सीओडीईसीओ लगायत एम२३ नामक विद्रोही तथा उग्रवादी समूह सो क्षेत्रमा सक्रिय छन् जसले लुटपाट मच्चाउँदै आएका छन्। उनीहरुले खनिज तथा बहुमूल्य पदार्थ भएका जमिन कब्जा गर्ने र अपहरण गरेर फिरौती माग्ने कार्य पनि गर्दै आएका छन्।

 

 

Shangri-la Development Bank Ltd.
Nepali patro