बेलायती प्रधानमन्त्री जोनसनले दिए राजीनामा

Ghorahi cement

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएका छन्। विवादमा फसेका उनले केहीबेरअघि प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।

आफ्नै सरकारका मन्त्री र विभिन्न मन्त्रालयमा जिम्मेवारी सम्हालेका ५० जनाभन्दा बढीले राजीनामा दिएपछि जोनसनको बहिर्गमन अवश्यभावी भएको थियो।

सुरूमा अन्तिमसम्म लड्ने बताएका जोनसनलाई उनकै विश्वासपात्रहरूले राजीनामा दिने सुझाएका थिए। जोनसनको राजीनामासँगै अब बेलायतमा सत्तारूढ कन्जरभेटिभ पार्टीको नयाँ नेता चुन्ने प्रक्रिया सुरू हुनेछ।

Shangri-la Development Bank Ltd.
Nepali patro