ई-स्पोर्टसको १ करोडबारे बोले बालेन, पत्रकारलाई मर्यादामा वस्न आग्रह
वि.सं.२०७९ असार ३० बिहीवार
shares
काठमाण्डौँ ।रुटिन अफ नेपाल बन्दको लागि काठमाण्डौँ महानगरपालिकाले १ करोड रुपैयाँ बिनियोजन गरेको बारे मेयर बालेन्द्र शाह बोलेका छन् ।
यमोवुद्धको शालिक बनाउन १५ लाख छट्याउने घोषणाले आलोचनाको अचानोमा परेका बालेन ई स्पोर्टसका लािग १ करोड बजेट विनियोजनपछि फेरि विवादमा आएका थिए । यो विषयले संचारमाध्यममा बिभिन्न कुरा आइरहेका छन् ।
यसै सन्दर्भमा उनले सामाजिक संजालबाट प्रष्टिकरण दिएका छन् ।मिडियाका समाचारले आफ्नो गम्भिर ध्यानाकर्षणले भएको भन्दै पत्रकारलाई मर्यादामा वस्न आग्रह पनि गरेका छन् । विहिबार आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘ञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका बिषयमा ध्यानाकर्षण भएको छ । ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन । आधुनिक विश्वमा ई–स्पोर्टस खर्बौँको आर्थिक योगदान गर्ने बिधा हो । नेपालमा पनि यसको व्यवसायीक पाटो बढ्दैछ भने यहि बर्ष हुने एसियाली खेलमा ई–स्पोर्टस पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई–स्पोर्टसका खेलाडीहरुले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन् । यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो । कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्र्शी किसिमले बजेट कार्यान्वयन हुनेछ । फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुने छैन । साथसाथै, यो बिषयलाई लिएर अतिरञ्जित र अनैतिकरुपमा मेरो नाम जोडिएका समाचारहरुको खण्डन गर्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन अनुरोध गर्दछु ।’






























