मंसिरको चुनावमा ओलीसंग भीँड्छुः तामाङ

काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका युवा नेता रन्जित तामाङले आगामी चुनावमा एमाले अध्यक्ष केपी शर्मा ओलीसंग चुनाव लड्न चाहेको बताएका छन् ।

बुधबार एक टेलिभिजन अन्तर्वार्तामा तामाङले उक्त कुरा बताएका हुन् । अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष समेत रहेका उनले यसको लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग टिकट माग्ने पनि बताए । केपी ओली संसद विघटन गर्ने प्रतिगमनकारी भएको हुनाले उनकै निर्वाचन क्षेत्र झापाबाट चुनाव लड्न चाहेको बताए । तामाङको घर पनि झापा नै हो । हारजित जे भए पनि चुनावको नतिजालाई सहजै स्विकार गर्ने उनले बताए ।

उनले भने ‘जसबाट हामीले देशको विकास र समृद्धिको अपेक्षा गर्यौं उसैले विकास र समृद्धिकोविरुद्ध धावा बोल्यो त्यहीँबाट म चुनाव लड्न चाहन्छु,’ तामाङले भने, ‘गठबन्धनलाई टिकट दिन अनुरोध गरेको गरेको छु, हामी विधि र पद्धतिमा छौँ । कुनै स्वतन्त्र उम्मेदवारले घोषणा गरे जस्तो गरेर हिँड्न मिल्दैन ।’

Shangri-la Development Bank Ltd.
Nepali patro