सेनामा कसैलाई किर्ते गर्दा छुट,कसैको भने ब्रम्हलुट

रन्जनकुमार खत्री

4.4K
shares

काठमाडौँ ।सेनामा फर्जी र कीर्ते कागजातको प्रयोग गर्ने चलन उस्तै छ । ठूलाबडाले शैक्षिक प्रमाणपत्र, नागरिकतालगायतका कागजात प्रयोग गरेको देखेका तल्लो तहका कर्मचारीले पनि उक्त प्रवृत्तिलाई पछ्याएको देखिन आएको छ ।

सेनाभित्रै उजुरी हालिँदासमेत कुनै कारवाही नभएपछि त्यस्ता कीर्ते लाइसेन्सधारीविरुध्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पुनः गुहारिएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ४ की हुद्दा महिला कर्मचारी र काभ्रेपलाञ्चोकको पनौती नगरपालिका ५ बस्ने अमल्दार रामकुमार मिजारको सवारी चालक अनुमति पत्र बनाउँदा झुठो कीर्ते विवरण भरिएको उजुरीमा उल्लेख छ ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट दुबै जनाको लाइसेन्स जारी भएको तर नवीकरण नभएको नम्बरबाट निकालिएको तथ्य खुलेको हो ।

सेनाको पूर्वी पृतना स्थकपति सेवामा कार्यरत दुलालले यातायात व्यवस्था कार्यालयमा रहेको ००६–७०२३२२१ नम्बरको सवारी चालक अनुमति पत्रलाई झुटो कीर्ते गरी ०१–०६–००९५६५४३ नम्बर बनाई आफ्नो विवरण राखेर लाइसेन्स लिएकी हुन् । यो कार्य दुइ वर्षअघि गरिएको स्रोतको दाबी छ ।

तर अख्तियारको सञ्चार शाखामा लामो समयदेखि कार्यरत असई र अनुसन्धान अधिकृत इन्सपेक्टर प्रकाश बुढाथोकी बिदा बसेको बेला उक्त कार्यभार सम्हालेका डिएसपी समेत मिली निजको फाइल तामेलीमा नहालेको,मुद्दा दर्तासमेत नगराई उन्मुक्ति दिइएको बताइन्छ ।

कीर्ते लाइसेन्स बोकेका सेनाका चालकहरु फटाफट मिसनमा समेत पुगेका छन् । कतिपयले दोहोर्याएर समेत अवसर पाएको बताइन्छ । तर, सोझा र नियमसंगत काम गर्नेहरु भने सँधै पछाडि परेको उनीहरुको दुःखेसो छ ।

शर्मिलाले जस्तै काभ्रेको नेपाली सेना वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा कार्यरत रामकुमार मिजारले पनि त्यसैगरी यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट लाइसेन्स निकालेको स्रोतको दाबी छ । उनले ००६–७१२३१७ नम्बरको यसअघि सञ्जिवराज पाण्डेको नाममा रहेको सवारी चालक अनुमति पत्रलाई झुठो कीर्ते गरी ०१०६–००९५६५४६ नम्बरको आफ्नो बनाई सवारी चलाउँदै आएका हुन् ।

यसबारेमा पनि अख्तियारमा पहिलेकाे उजुरीमा सुरक्षाकर्मी समूहको आडमा मिजारले उन्मुक्ति पाएको स्रोतको दाबी छ । शर्मिला र रामकुमारलाई रेडिमेड जवाफ दिन लगाएपछि सेटिङमा आयोगको अनुसन्धान फाइल बन्द गराइएको थियो । शर्मिलाले यातायातमा दर्ता कायम रहेको जीतबहादुर शाहीको नाममा जारी लाइसेन्स नम्बर आफ्नो बनाएको देखिएको छ ।

 

खुल्लमखुल्ला कीर्ते लाइसेन्स बोक्नेलाई पुरस्कृत गरिँदा सेनाभित्रै केही कर्मचारीको कसरी जागिर खोसिएको थियो ? भन्नेबारे पनि थाहा पाउनु आवश्यक देखिएको बताइन्छ । गणेश दल गणका दुई जना महिला सैनिकले केही समयअघि नक्कली सवारी चालक अनुमति पत्र बनाएको गणपतिले थाहा पाएपछि तिनलाई सेवाबाट हात हटाइएको थियो ।

२०७६ सालमा एक जना सर्वसाधारणले छोरालाई सेनामा जागिर लगाउँदा एक लाख घुस खुवाएका थिए । उक्त घुस बुबाले खुवाए तर छोरालाई थाहा नदिई । तर पनि अनुसन्धानबाट ती निर्दोष छोराको अरु १७३ जना सँगै जागिर गयो ।

सैनिक आवासीय महाविद्यालय र पाँचखाल केन्द्रमा भएको भ्रष्टाचारको केसमा जागिर गएका धेरै जना छन् ।

उनीहरुले लाइसेन्स मात्र नभई सरकारी छापको समेत दुरुपयोग गरेको प्रमाण फेला परेको बताइन्छ । दुबैले नगरकोट शिक्षालयबाट पाँचखाल सरुवा भई जाँदा पत्र नै कीर्ते गरेको बताइन्छ । रामकुमारको नाम माथि राखेर वरिष्ठ देखाउन कार्यालयको छापले नाम छोपी मसीले लत्पताएको स्पष्टसँग देखिएको आरोप उनीहरुलाई लाग्दै आएको छ ।तीन घुम्ती

 

civil hospital
Hams Hospitals