साफ च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा
वि.सं.२०७९ भदौ ३१ शुक्रवार
16.5K
shares
shares
काठमाडौं । महिला साफ च्याम्पियनसिप अन्तरग आज भएको खेलमा भारतमाथि ऐतिहासिक जित हात पार्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थत दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि १–० को जित हात पारेको हो । महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो।
नेपालको जितमा रश्मिकुमारी घिसिङले निर्णायक गोल गरिन्।
उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेकी थिइन्।
यसअघि पहिलो सेमिफाइनल खेलमा भुटानलाई हराउँदै बंगलादेश फाइनलमा पुगेको छ। फाइनलमा नेपाल र बंगलादेश भिड्नेछ।
Subscribe
0 Comments
Oldest
































