सयौँ ब्वाँसोहरुको भिडमा, राजसंस्था नै एकमात्र विकल्प हो
नारायण आचार्य
वि.सं.२०७९ असोज २५ मंगलवार
shares
नारायण आचार्य
वाल्मीकीय रामायण लाई विश्वकै पहीलो प्रामाणिक ग्रन्थ मानिएको छ यसलाई आदीग्रन्थ पनी भनिन्छ उक्त ग्रन्थको सुन्दरकाण्ड खण्डको एक प्रसंगमा रावणको नजरवन्दी अवस्थामा रहेकी सिताले तत्कालीन रावणसत्ताको विकल्पको रूपमा मार्गप्रशस्त भएको घटनाक्रमको सुन्दरकाण्डमा ….. वक्त्र वभासे सितशुक्ल दंष्ट्र । राहोर्मुखा च्चन्द्रे ईव प्रयुक्त : …. भनी व्याख्या गरीएको छ ।
नेपालको पछिल्लो राजनीतिक परीवर्तनको पनी आम नेपालीले आज आएर विकल्पकै मार्ग प्रशस्त हुने देखेका छन पछिल्लो राजनीतिक परिवर्तनवाट सिर्जित २०७२ को सींवधानले आम जनताको भावनालाई संवोधन गर्न सकेको देखीएन जनताले नचाहेको खर्चिलो प्रदेश संरचनाको व्यवस्था हुनु पार्टीका नेता तथा कार्यकर्ता लाई व्यवस्थापन गर्न तलवी राजनीतीक पदहरु अत्याधिक संख्यामा हुनु तल्लो स्तरका नेता तथा कार्यकर्ता हरुलाई वधुवा हली बनाउने समानुपातिक टीके प्रणाली देखा पर्नु माफिया ‘ व्यपारी तथा ठेकदार नै मोलमोलाईको माध्यम वाट सांसद तथा मन्त्री वन्नु जन भावना विपरीत गणतन्त्रमा प्रवेश गर्नु नै २०७२ सालको संविधानको सर्वाधीक अनुपयुक्त पक्ष भएको कुरा त्यही सविधानको (२०७२) अन्तरवस्तु ले नै पुस्टी गर्दैछ ।
वास्तवमा क्रान्तिकारी तथा अग्रगामी जलप लगाएर भीडाइएको वर्तमान संविधान र व्यवस्थाको स्थानमा अती सरल अती व्यवहारीक देस सुहाउदो मितव्ययी संविधान व्यवहारमा लपाउने की परीवर्तनको नाममा थप समस्या तर्फ मुलुकलाई धकेल्ने भन्ने प्रश्नको जवाफ खोज्नु पर्ने गन्तव्यमा हामी पुगेका छौ ।
राजा ज्ञानेन्द्रको यसै वर्षको विजया दशमीको शुभ कामना सन्देशमा समेत देसमा विद्यमान कार्यपालिका व्यवस्थापिका र न्यायपालीका वाट समेत जनताहरु सन्तुष्ट हुन नसकेको आफ्नै देसमा कर्मभुमी वनाउन नसकेर वाध्य भएर विदेशीनु परेको उर्जासील युवाहरुको करुण क्रन्दन तथा हालै सरकारले जारी गरेको नागरिकता विधेयक प्रकरण लाई लाक्षणिक शैलीले जनताको भावना समेटने गरी संवोधन गरिनु लाई आम जनताले अर्थपुर्णरूपले हेरेका छन ।
समय परिवर्तनसील भएकै कारणले समयानुकुल राज्य प्रणाली पनी परीवर्तनसील हुन्छन तर परीवर्तनको नाममा राज्यलाई सवल वनाउने आधार स्तम्भ हरु ध्वस्त पारिनु हुदैन वडामहाराजधिराज पृथ्वी नारायण शाहले राज्य एकीकरण पश्चात पनी राज्यलाई सवल बनाउने आधार स्तम्भ कुमारी पुजा इन्द्रजात्रा लगायत सास्कृतिक सभ्यताहरुलाई अझ वढी सरक्षण गरेका थीए तर नेपालमा २०६३ को परिवर्तन पश्चात सदीयौ देखी स्थापीत हिन्दु अधिराज्य तथा संवैधानिक राजसंस्था माथीको प्रहारमा आम नेपाली हरुको जनादेश पक्कै पनी थीएन जसले गर्दा २०६३ पछीको नक्कली अग्रगामी छलाङ्गले २०४६ अधी राजसंस्था कालमा स्थापना भएका उद्योग धन्धाहरु ध्वस्त पारिएको छ भने व्यपार घाटा दिनानुदिन असन्तुलीत बनीरहेको ‘प्रती व्यक्ती वैदेसीक ऋण करीव असी हजारको हाराहारीमा पुगेको यस्तो विषम परिस्थीतीमा . सवैधानिक राजसस्थाको स्थापना ‘ प्रदेश संरचनाको खारेजी तथा हिन्दु अधिराज्यको अवधारणा लाई आफ्नो वटम लाइन बनाएको राप्रपा मा राजेन्द्र लिङ्देनको नेत्रृत्व लाई आम नेपाली हरुले वादलीएको आकाशमा चादीको घेरा देखेका छन भने अर्को तर्फ २०६३ को परीवर्तनको अंग मानिएको २०७२ को सविधान प्रती छीमेकी मित्रराष्ट हरु नै सन्तुस्ट हुन नसकेको गत वर्ष भारतको हरिद्वारमा भएको कुम्भ मेलामा राजा ज्ञानेन्द्र लाई हिन्दु सम्राटकै रुपमा राजकीय सम्मान दिनु राजाको यसै वर्षको दशैको शुभ कामना संदेशमा कोर्ष करेक्सन उजागर हुनुले अव माथी उल्लेखीत वाल्मीकीय रामायणकै प्रसंगमा प्रकारान्तरले केही समयको लागी विस्राम लिएको राजसंस्था समयको वेग सगै . पुन स्थापीत हुने नै देखिन्छ ।
राजनीतिक विश्लेषक नारायण आचार्य “सन्देश संग्रहको सन्देश ” नामक पुस्तकका लेखक हुनुहुन्छ





























