भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ, नेपालमा के हुन्छ?
वि.सं.२०७९ असोज ३१ सोमवार
12.6K
shares
shares
काठमाडौं । भारतबाट फेरि पेट्रोलियम पदार्थको भाउ बढेर आएको छ। आइतबार आइओसीबाट मूल्य बढेर आएको निगमले विज्ञप्तिमार्फत् जानकारी दिएको हो। निगमका अनुसार खासगरी डिजेल र हवाइ इन्धनको मूल्य अत्यधिक बढेर आएको छ।
नयाँ मूल्यसूची अुनसार पेट्रोलमा १.७४ रूपैयाँ प्रतिलिटर, डिजेलमा १५.६० प्रति लिटर र हवाइ इन्धनमा १०.२५ रूपैयाँ प्रतिलिटर बढेर आएको छ।
यसअघि घटेर आउँदा समेत नेपालमा नघटाएको नेपाल आयल निगमले यसपटक के गर्ला भन्नेबारे चासोका साथ हेरिएको छ।

Subscribe
0 Comments
Oldest































