कोईराला – पौडेल कसले मार्ला बाजी ?

4.2K
shares

नारायण आचार्य

भागवतको आठौ स्कन्धमा समुन्द्रमन्थन प्रसंगको सिलसिलेवार रूपमा चर्चा गरीएको र समुन्द्रमन्थन वाट प्राप्त अमृतपानको अधिकार देवताहरुलाई मात्र थियो तर घुसपैठ गरेर राहु नामको दैत्यले छदमभेषी रूपमा देवताकै लाइनमा वसी उसले समेत अमृतपान गरेको घटनालाई सूर्य र चन्द्रमाले उजागर गरेपश्चात राहु लाई कारवाही गरीएको दृष्टान्त दिइएको छ ।भागवतको यस प्रसंगको मुल मर्म भने wrong man in right place अर्थात राम्रो स्थानमा खराव व्यक्तीको उपस्थीती कदापी हुन नहुने नै हो ।

नेपालमा यतीखेर निर्वाचनको माहोल चलेको छ दलका नेता देखी लिएर स्वतनत्र उमेदवार हरु निर्वाचनको खेल मैदानमा छन पाहाडी तथा तराई दुवै क्षेत्र समेटेको नवलपुर क्षेत्रन एक मा नेकाका पूर्व महामन्त्री डा शंसाक कोइराला तथा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण पौडेल विच नै चुनावी प्रतिस्पर्धा हुने देखिन्छ विगत तीन कार्यकाल संसदीय भुमीकामा पुगेका कोईरालालाई यसपाली भने जिल्लामा लोकप्रीय हेभी वेटेड स्थानीय कृष्ण पौडेलको उमेदवारीले सहज रुपमा चौथो पटक विजय हुने सम्भावना निकै कम देखीन्छ ।

२०७४ को निर्वाचनमा जनाधार नभएका माओवादी पृष्ठभुमीका आयातीत कमजोर उमेदवार कै कारण कोइरालाको सहज रूपमा विजय भएको थीयो तर यसपाली अन्य पार्टीको तुलनामा कार्यकर्ताहरु अनुशासीत तथा कर्तव्यपरायण भएकै कारण पौडेल वलीयो उमेदवारको रूपमा देखा परेका छन भने जनतामाझ सर्वसुलभ तथा जिल्लामै वस्ने नेताको रूपमा परीचय बनाएका र उनको सादगी जिवनशैली ले पनी चुनाव जित्ने आधार बनेको देखिन्छ ।

राजनीतिक परिवेशमा भने पौडेल तथा कोईराला दुवै नैतीक रूपमा प्रशंसागर्ने लायकका छन तर कोइराला भने आफ्नै पार्टीका छदमभेषी कार्यकर्ताहरू व्यक्तीगत स्वार्थ सिद्ध गर्न कांग्रेस बनेकाहरु चुनाव अवधीभर मासु र भात खान कांग्रेस वनेकाहरु राज्यशक्तीको दुरुपयोग गरी अवैध रूपमा सम्पदाको दोहन गर्न कांग्रेस बनेकाहरु ले मात्र घेरीएकाले उनले जनता समक्ष आफुलाई प्रस्तुत गर्न सकीरहेका छैनन ‘ यतीखेर धेरै जसो चोकमा स्थानीय जनता मात्र होइन कांग्रेसकै कतीपय कार्यकर्ताले आयातीत उमेदवार ? ट्रमा सेन्टर खोइ ? छरछरे वारहकोल सडक किन बनेन ? आदी प्रश्नवाचक चिन्हले गर्दा उनलाई चुनावी झड़का लाग्ने नै देखीन्छ ।

कोइरालाको अर्को चुनावी झड़का भनेको पार्टीको जिल्ला तहमा देखापरेको wrong man in right place नै हो । पूर्व मण्डले तथा अवसरवादी हरुले कोइरालालाई कामधेनु गाई वनाउन खोजीरहेका छन यी र यस्तै कारणले गर्दा कोइराला लाई यस पालीको निर्वाचन सहज देखीदैन । कोइराला – पौडेल दुवै जनालाई स्वच्छ प्रतिस्पर्धाको शुभ कामना ।

राजनीतीक विश्लेषक तथा पूर्वीय चिन्तक नारायण आचार्य ” अवको गन्तव्य ” उपन्यासका लेखक हुनुहुन्छ ।

civil hospital
Hams Hospitals