स्कुल अफ म्यानेजमेन्ट त्रिवि Sports Week 2022 आज देखि सुरु

24.9K
shares
Nabil bank

काठमाडौं। ब्यबस्थापन संकाय अन्तरगतको स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयमा आज देखि Sports Week 2022 सुरु भएको छ ।

मंसिर २४ देखि २८ गते सम्म चल्ने प्रतियोगितामा फुटबल, क्रिकेट,भलिबल ,बास्केट बल, चेस,म्यूजिकल चेयर,टेबल टेनिस,१०० मीटर दौड,घैटो फोड र टग अफ वार खेलहरु रहनेछन ।

स्नातकोत्तर तह MBA ,MBA GLM ,MBA IT र MBA FC लगायतका विभिन्न सेमेस्टरमा अध्ययनरत करिब ३२५ जना विद्यार्थीहरुले सहभागिता जनाउने छन ।

“यो कार्यक्रमले स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरु बीचको प्रतिस्पर्धा भन्दा पनि आपसी सम्बन्ध र सहकार्यलाई मजबूत बनाउने उद्देश्य राखेका छौं ” मीडिया संयोजक प्रदीप पराजुलीले बताए ।

कार्यक्रम ब्यबस्थापनको लागी २२ सदस्यीय समिति बनाईएको र कार्यक्रमको संचालन स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयका कार्यकारी निर्देशक Dr. Govinda Tamang को उपस्थितिमा गरिएको सृजना सुवेदीले बताईन ।

कार्यक्रमलाई सफल बनाउन विभिन्न संस्थाहरुले प्रायोजन गरेका छन । जस मध्य बेभरेज पाट्नरमा nescafe, फेशन पाट्नरमा samyami Boutique र एजुकेसन पाट्नरमा asia Pacific international consultancy रहेका छन ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x