पुस ०७ गते बिहीबारको राशिफल : यी राशिहरूकाे चम्किनेछ भाग्य, हेर्नुहोस्

Ghorahi cement

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थै झमेलामा परिनेछ। कामका लागि निकै दौडधुप गर्नुपर्ला। स्वास्थ्यका लागि आहार–विहारमा सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ, स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ। सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन्। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

समय लागे पनि काम बन्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। भौतिक साधन जुट्नेछन्। व्यापारमा आम्दानी बढाउन सकिनेछ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। बलजफ्ती गर्ने बानीले चुनौती निम्त्याउला। परिस्थितिले आकस्मिक खर्च बढाउनेछ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिएलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। लगानीमा जोखिम बढ्नेछ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ। सहयोगीहरू पछि हट्नाले नयाँ काम गर्न समस्या पर्नेछ। व्याहारिक अलमलले आँटेका काममा पनि बाधा पुर्याउनेछ। अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पर्नेछ। समयको सदुपयोग गर्न नसकिएला।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

फाइदा मात्र हेर्दा आलोचित भइनेछ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। तर दोहोर्याएर प्रयत्न गर्दा काम बनाउन सकिनेछ। हतारको निर्णयले हानि हुन सक्छ, आफ्नो योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। आफन्तमा मतभेद देखिए पनि परिवारजनको सहयोगले काम बन्नेछ।

Shangri-la Development Bank Ltd.
Nepali patro