उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना निर्वाचित

त्यसमध्ये रानाको पक्षमा १६६ मत खस्यो

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना निर्वाचित भएकी छन् ।

शनिबार प्रतिनिधिसभामा भएको मतदानमा २६४ सांसद उपस्थित थिए । त्यसमध्ये रानाको पक्षमा १६६ मत खस्यो । विपक्षमा ९७ मत परेको थियो । एक सांसद तटस्थ बसेका थिए ।

नेपाली कांग्रेसका तर्फबाट सांसद मुक्ताकुमारी यादव उपसभामुखको उमेदवार बनेकी थिइन् । रानाको पक्षमा बहुमत पुगेपछि उनको प्रस्तावमा जानु परेन ।

रास्वपाकी सांसद रानालाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपा, राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्तिसहित स्वतन्त्र सांसदले साथ दिएका थिए ।

Shangri-la Development Bank Ltd.
Nepali patro