पाटा नेपालद्धारा डेस्टिनेसन मार्केटिङ कन्क्लेभ २०२३ सम्पन्न

मोरङ्ग । नेपालप्रदेश १ लाई भविष्यको एक आकर्षक गन्तव्य बनाउने उदेस्यसहित प्रदेश १ मा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपालद्धारा आयोजित डेस्टिनेसन मार्केटिङ कन्क्लेभ २०२३ भव्य रुपमा सम्पन्न भएको छ । जनवरी २७ देखी ३० सम्म भएको कार्यक्रम प्रदेश एकमा भएको यस खालको प्रथम कार्यक्रम हो । 

आन्तरिक र सिमापार पर्यटन सबलिकरणको नाराका साथ भएको कन्क्लेभमा नेपाल, भारत, बंगलादेश देखी अमेरिकासम्मका पर्यटन गन्तव्यका नेतृत्वदायी विज्ञहरु, पर्यटन उद्योगका विज्ञहरु, ट’र अपरेटरहरु समेत गरेर २०० भन्दा बढिको सहभागीहरुको उपस्थिति रहेको थियो।

चार दिने कार्यक्रममा भेडेटार, धनक’टा, धरान, बराहक्षेत्रको स्थलगत गन्तव्य अवलोकन भ्रमण तथा पर्यटकिय गतिविधिहरुका विभिन्न कार्यक्रम भएको थियो भने जनवरी ३० मा मोरङस्थित नेपालीरिका होटलमा एक दिने कन्क्लेभ भएको थियो। चार दिनको दौरानमा सहभागीहरुले साम’दायिक पर्यटन अन’भवहरु, अन्तरक्रियात्मक भेटवार्ताहरुका साथै पर्यटन क्षेत्रका सरोकारवाला, उद्यमी देखी नेतृत्वहरुको प्रदेश १ को पर्यटन विकासका विभिन्न आयामहरुका बारेमा विचार विमर्श तथा छलफलहरु भएको थियो । कार्यक्रमले सहभागीहरुलाई व्यवशायिक संजाल विस्तारको महत्वप’र्ण अवसर समेत प्रदान गरेको थियो ।

कन्क्लेभको औपचाारिक उद्द्धघाटन प्रदेश १ का माननिय म’ख्यमन्त्री हिक्मत कार्कीले गनर्’भएको थियो ।कार्यक्रममा सम्बोधन गर्दै कार्कीले पाटा नेपाललाई धन्यवाद दिँदै यस खालको कार्यक्रम प्रदेश १ लाई गन्तव्यको रुपमा विकास गर्न कोषेढ’गा साबित ह’ने बताउन’ भयो। कार्यक्रममा आएका विषयहरुलाई प्रदेश सरकारले स्विामित्व लिने र आगामी बजेटमा विज्ञहरुका सल्लाहरुलाई समेटेर जाने म’ख्यमन्त्रीले बताउन’ भयो ।

स’न्दरहरैचा नगरपालिकाका मेयर केदार प्रसाद ग’रगाइले कार्यक्रममा स्वागत मन्तव्य राख्दै आफ्नो पालिकामा अन्तरास्ट्रिय स्तरको कार्यक्रम गरेकोमा धन्यवाद दिँदै यस्ता कार्यक्रमहरुबाट प्रदेश १ को आन्तरिक र सिमापार पर्यटन विकासमा महत्वप’’र्ण योगदान प’ग्ने बताउन’ भयो ।

पाटा अध्यक्ष विभ’ती चन्द ठक’रीले सबै अतिथि तथा सहभागीहरुलाई स्वागत गर्दै सहयोगी सबै संस्था र स्थानिय सरकारहरुलाई आतित्यता देखी सहकार्यको लागी धन्यवाद दिन’भयो । उहाँले भन्न’भयो,‘हामी प्रदेश १ का म’ख्यमन्त्री र प्रदेश सरकारसँग आभारी छौँ । पाटा नेपाल च्याप्टर पर्यटन क्षेत्रको विकास र प्रबद्र्धनको लागी प्रतिबद्ध छ र हामी आफ्ना सदस्यहरु तथा विभिन्न गन्तव्यहरुको दीगो पर्यटन विकास र प्रबद्र्धनका लागी आवस्यक स्रोतसाधनहरु दिन कटिबद्ध छौँ ।’

‘पाटा अन्तरास्ट्रियको सार्वजनिक निजी साझेदारीमा पर्यटन क्षेत्रको विकास विस्तार र प्रबद्र्धन गर्ने भावना अन’रुप आयोजना गरिएको डेस्टिनेसन मार्केकिङ कन्क्लेभ एक स’न्दर साझा पयत्न हो जसको कारण पर्यटन क्षेत्रका विज्ञ देखी उद्यमि, सरकार र नीजि क्षेत्रका सरोकारवाला सबैलाई एकै ठाँउमा भेला गर्ने अद्धितिय मन्च प्रदान गरेको छ’, पाटाका सिइओ स’रेश बडालले बताउन’ भयो । उहाँले थप्न’भयो, ‘प्रदेश १ मा पहिलो पटक आयोजना भएको यस डि.एम.सी.ले पर्यटनक्षेत्र संग सम्बन्धित सार्वजनिक तथा निजीक्षेत्रका सरोकारवालाहरुलाई उदीयमान गन्तव्यका पर्यटन उपज तथा सम्भावनाहरुको प्रवद्र्धनका साथै गन्तव्यको दिगो एवम् जिम्मेवारपूर्ण विकासका लागि आवश्यक मार्केटिङ, प्रवद्र्धन र व्यवस्थापन पक्षहरु सम्बन्धी ज्ञान तथा अन्तरदृष्टिहरु आदान–प्रदान गर्ने र सहभागीहरुबीच ब्यापार आदान–प्रदान तथा सम्बन्ध संञ्जाल विस्तार गर्ने एक नवीन मञ्च तथा कार्यक्रमको रुपमा अघि सारेका हौँ ।’

Shangri-la Development Bank Ltd.
Nepali patro