“गोरखामा हामी के गर्न सक्छौं ?” विषयक छलफल भेला

काठमाडौं । गोरखामा जन्मेर देश विदेशमा अध्ययन गरेका तथा विभिन्न क्षेत्रमा अनुभव प्राप्त गरेका अनुभवी पेशाकर्मी, व्यवसायी, शिक्षा ,स्वास्थ्य ,पर्यटन , कृषि क्षेत्रमा विज्ञता र अनुभव प्राप्त गोरखालीहरुको छलफल भेला आयोजना गरिएको गरिएको आयोजक रहेका युवराज बस्ताकोटीले बताए।

गैह्र राजनीतिक तर विकास, सम्बृद्दि र आपसि एकता कायम गर्ने उद्देश्यका साथ सो छलफल भोलि माघ २१ गते विहान ८.३० बजे रानीवन, बनस्थली स्थित एनसिईबी स्कुल ( NCEB School) को प्राङ्गणमा हुने भएको छ । स्वयंसेवी भावना भएका मानिसहरु जिल्लाको विकास र ऐतिहासिक गौरवको सम्मानमा भेटघाट तथा परिचय गरिन आयोजकले बताएका छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro