रत्नराज्य क्याम्पसमा खुकुरी प्रहार, एक जना पक्राउ
वि.सं.२०७९ फागुन २७ शनिवार
20.6K
shares
shares
काठमाडौँ । काठमाडौँको रत्न राज्यलक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावको उम्मेदवारी दर्ताको दिन खुकुरीसहित एक जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार नेकपा एकीकृत समाजवादीको विद्यार्थी सङ्गठनका सन्दीप चन्द खुकुरीसहित पक्राउ परेका हुन् । उनले स्ववियु चुनावको उम्मेदवारी मनोनयनका क्रममा उनले खुकुरी देखाएका थिए ।
त्यसपछि पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरवारमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।
Subscribe
0 Comments
Oldest
































