चितवनको क्रिकेट स्टेडियमको बाँकी काम सरकारले पुरा गर्नु पर्छ : रघुजी पन्त

15.6K
shares
Nabil bank

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले चितवनमा क्रिकेट स्टेडियम बनाउन आग्रह गरेका छन् ।

संसद्कै शून्य समयमा उनले धुर्मुस सुन्तलीले थालेको रङ्गशाला पूरा गर्न सरकाले आग्रह गरेका हुन् ।

उनले भने, ‘सरकारले विजेता टोलीलाई एक दुई लाख रुपैयाँ पुरस्कार घोषणा गरेर मात्र काम चल्दैन । त्यो चितवनको स्टेडियम त्यत्तिकै थन्किएर बसेको छ बेवारिसे भएर, त्यसलाई सरकारले तुरुन्त लिनु पर्‍यो र निर्माण सम्पन्न गर्नु पर्‍यो ।’

खेलाडीहरूसँग अपेक्षा गर्ने, जितेको बेलामा एक दुई लाख रुपैयाँ पुरस्कार घोषणा गर्ने र अघिपछि कानमा तेल हालेर बस्ने गरेको भन्दै उनले आपत्ति जनाए ।

पन्तले त्रिभुवन विश्वविद्यालयसँग समझदारी गरेर कीर्तिपुरको क्रिकेट स्टेडियमलाई विस्तार गर्न र मुलपानीको क्रिकेट स्टेडियम बनाउन पनि माग गरे ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x