यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू…

1.5K
shares

काठमाडौं । सरकारले जनआन्दोलनमा घाइते भएर गत वैशाख २७ मा मृत्यु भएका बनेपाका मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

 

“जनआन्दोलनमा घाइते भई केही दिन अघि निधन भएका मुकेश कायस्थलाई सहिद घोषणा गर्ने निर्णय केही बेर अघि बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ,” सरकारकी प्रवक्ता रेखा शर्माले भनिन् ।

 

यस्तै मन्त्रिपरिषद्को बैठकले लिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्माण गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ । यस्तै एसिया प्यासिफिक ग्रुप एपिजीको बैठकमा सहभागी हुन जान राष्ट्र बैठकका गभर्नर महाप्रसाद अधिकारीको टोलिलार्ई स्वीकृति प्रदान गरेको छ ।

 

बुटवल–लमही चारसय केभी प्रशारण लाइनअन्तर्गत मोतिपुर सवस्टेसनका लागि बाणगंगा नगरपालिकामा १५ विगाह जग्गा प्राप्ति गर्ने र प्रारम्भिक काम अघि बढाउन अधिकारी तोक्ने निर्णय गरेको छ ।

 

राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत नेतृत्वको प्रतिनिधिमण्डललाई समाजिक आय ‘स्क्याप’को ७९औँ बैठकममा भाग लिन थाइल्याण्ड जान स्वीकृति प्रदान गरेको छ ।

civil hospital
Hams Hospitals