प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ बिहीबार हुने

Ghorahi cement

काठमाडौं। प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ आगामी जेठ ३२ गते बिहीबार हुने भएको छ । संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले ३१ गते बुधबार उजुरीकर्ताहरुसँग छलफल गर्ने र ३२ गते बिहीबार कार्कीको सुनुवाइ गर्ने निर्णय गरेको हो । बैठकले ३१ गते उजुरीकर्तासँग छलफल गर्ने र त्यसको भोलिपल्ट सुनुवाइ गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीमाथि २९ वटा उजुरी परेको र अध्ययनका लागि समिति सदस्यलाई वितरण गरिएको छ ।

 

संवैधानिक परिषद्को २५ वैशाखमा बसेको बैठकले कामु प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।संसदीय सुनुवाइ समितिले बहुमतले अनुमोदन गरे कार्की प्रधानन्यायाधीश बन्नेछन् । तर उनको कार्यकाल २० साउनसम्म मात्र हुनेछ ।

Nepali patro