भोली सार्वजनिक बिदा

Ghorahi cement

काठमाडौँ । बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा दिइएको छ ।

 

बागमती मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने क्रममा भोलि वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिइएको हो ।

 

 

प्रदेशभित्र सरकारी काम काजको भाषाको रूपमा नेवारी र तामाङ भाषालाई भोलि वैशाख २४ गते काठमाडौँको वसन्तपुरमा एक समारोहको आयोजना गरी शुभारम्भ गर्ने बताइएको छ ।

 

मन्त्रिपरिषद्को बैठकले वैशाख १२ गते निर्णय अनुसार वैशाख २४ गते बिदा दिने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको छ ।

Nepali patro