नवौं राष्ट्रिय खेलकुद २०७९ को खर्च विवरण सार्वजनिक

12.4K
shares
Nabil bank

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा भएको खर्च विवरण सार्वजनिक गरेको छ । राखेपले बुधबार एक कार्यक्रम गर्दै खर्च सार्वजनिक गरेको हो । राखेपले १० महिनापछि सार्वजनिक गरेको खर्च अनुसार नवौं राष्ट्रिय खेलकुद सञ्चालनका लागि ५३ करोड ७९ लाख ४ हजार २३९ रुपैयाँ खर्च भएको छ ।

 

नवौं खेलकुद गण्डकी प्रदेशको पोखरा लगायत ८ जिल्लामा २०७९ असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन भएको थियो ।

 

राखेपका अनुसार उक्त प्रतियोगितामा ३ हजार ४ सय १४ जना पुरुष र २ हजार ७ सय १३ जना महिला सहित कुल ६ हजार १ सय २७ जना खेलाडीले ३९७ स्वर्ण, ३९७ रजत र ५५३ कास्य सहित कुल १३४७ पदका लागि प्रतिष्पर्धा गरेका थिए । ११ टिमको सहभागिता रहेको खेलमा नेपाल आर्मीले प्रथम उपाधि प्राप्त गरेको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x