माछापुच्छ्रे बैंकले बढायो ब्याजदर…

18.2K
shares
Nabil bank

काठमाडौं । माछापुच्छ्रे बैंकले भदौमा ब्याजदर बढाएको छ । बैंकले विभिन्न खातामा आज भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर बढाएको हो । बैंकले भदौ महिनामा साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ८ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले यसअघि साउनमा न्यूनतम ४.८५ प्रतिशतदेखि अधिकतम ७.८५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

 

यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.४९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछन् । बैंकले रेमिट्यान्स खातामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा बैंकले संस्थागततर्फ ७ प्रतिशत र ब्यक्तिगततर्फ ९ प्रतिशत ब्याज तोकेको थियो भने रेमिट्यान्समा १० प्रतिशत थियो । बैंकले कर्जाको ब्याजदरमा भने आधारदरमा अधिकतम ४ प्रतिशतसम्म प्रिमियम लिने भएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x