ठूलै गडबडी छ, गृहमन्त्री ज्यू को:रवि लामिछाने

17.6K
shares
Nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ललिता निवास प्रकरणमा संलग्न आरोप लागेका सबैको बयान नभएको अनुसन्धान प्रतिवेदन पेस नगर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई आग्रह गरेका छन्। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान प्रतिवेदन सीआईबीले आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउँदै छ।

 

सीआईबीले पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग सोधपुछसमेत नगरी मुद्दाको फाइल सरकारी वकिलकहाँ बुझाउन लागेको हो।

 

यसै सन्दर्भमा प्रतिनिधिसभासमेत रहेका रास्वपा सभापति लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सीआईबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस्। ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेस नगरोस्। गृहमन्त्रीज्यू, केही त गडबड छ.. ठूलै गडबड छ।’

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x